global ime bank Long Banner Ad

गृहपृष्ठ व्यावसायिक आचरणविपरीत गर्नेलाई ४ करोड जरिवाना

व्यावसायिक आचरणविपरीत गर्नेलाई ४ करोड जरिवाना

व्यावसायिक आचरणविपरीत गर्नेलाई ४ करोड जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०७७/७८ मा उपभोक्ताको हितविपरीतका गतिविधि गर्ने एक हजार ६१५ फार्म-कम्पनीलाई तीन करोड ९८ लाख नौ हजार २४५ जरिवाना तिराएको छ ।

विभाग र मातहतका कार्यालयले गत आवमा १२ हजार ७९४ फार्म-कम्पनीको अनुमगन गरेका थिए । विभागले दुई हजार ९७४, मातहतका पाँच कार्यालयले एक हजार ८०५ र जिल्ला प्रशासन कार्यालयले आठ हजार १५ फर्मको अनुगमन गरेको विभागले जनाएको छ । अनुगमनका क्रममा विभागले चार करोड ४७ लाख ८१ हजार २२१ मूल्य बराबरको खान अयोग्य म्याद समाप्त भएका अखाद्य वस्तु जफत गरी नष्ट गरेको छ । सो अवधिमा ८० व्यावसायिक फर्मको कारोबार रोक्का र सिलबन्दी गरिएको विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले जानकारी दिए ।

विभागले चालु आवको माघ मसान्तसम्म एक हजार ८१९ फार्मको अनुगमन गरेको छ । सो अवधिमा ८६३ फार्मलाई ८९ लाख ८० हजार जरिवाना तिराइएको र २८ लाख ५५ हजार ३१८ बराबरको अखाद्य वस्तु नष्ट गरिएको उनले बताए । महानिर्देशक श्रेष्ठले प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वय र सहकार्यमा बजार अनुगमन कार्यलयलाई गाउँ, टोल र बस्तीसम्म विस्तार गर्ने रणनीति अवलम्बन गरेको जानकारी दिए ।

प्रकाशित समय : ००:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु