गृहपृष्ठ सर्च एजुकेसनले ल्यायाे वैदेशिक शिक्षा सहज बनाउने ‘मोबाइल एप’
सर्च एजुकेसनले ल्यायाे वैदेशिक शिक्षा सहज बनाउने ‘मोबाइल एप’
सर्च एजुकेशन नेपालले विद्यार्थीका लागि ओभरसिज एजुकेशन पोर्टल र मोबाइल एपको सुरुवात गरेको छ । यस प्रकारको पोर्टलले नेपाली विद्यार्थीहरूलाई उनीहरूको व्यक्तिगत विद्युतीय उपकरणहरूबाट घरमा बसी विदेशमा अध्ययन गर्ने अवसरहरू अन्वेषण गर्न सक्षम बनाउने संस्थाकाे दाबी छ ।
यो सेवा गुगल प्ले स्टोर र एप्पल एप स्टोरका साथै अनलाइनमा सर्चएजुकेसनडटकममार्फत उपलब्ध हुनेछ । यस एपले विद्यार्थीहरूलाई आफ्नो अन्तर्राष्ट्रिय शिक्षा यात्रालाई सुव्यवस्थित गर्न सहज हुनुका साथै विदेशमा अध्ययनका लागि जान खोज्दा सामना गर्ने अधिकांश समस्याहरूलाई समेत हटाउने जनाइएको छ । यस एपको प्रयोगले विद्यार्थीलाई कोर्सहरू खोजी गर्न, कोर्सहरू तुलना गर्न, कोर्सहरूको लागि आवेदन दिन, विशेषज्ञ काउन्सिलरद्वारा सहायता प्राप्त गर्न सकिने लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ ।
नेपाली विद्यार्थीहरूलाई अष्ट्रेलिया, क्यानडा, संयुक्त राज्य अमेरिका, बेलायत, आयरल्याण्ड र न्युजिल्यान्डजस्ता देशमा पढ्ने सपना पूरा गर्न सक्रिय रूपमा मद्दत गर्दै आएको सर्च एजुकेसनले बताएको छ ।
एपका सुविधाहरू :
● कोर्सहरू खोज : विभिन्न कलेज र युनिभर्सिटीहरुमा आफ्नो मनपर्ने कोर्सहरू खोज्न एवं सर्टलिस्ट गर्न सकिनेछ ।
● कोर्सहरू तुलना : सर्टलिस्ट गरिएका कोर्सहरूमध्ये विधार्थीले आफ्नो आवश्यकता, ज्ञान, र सीपअनुसार तुलना गरी छनौट गर्न सकिने छ ।
● कोर्सहरूको लागि आवेदन : कोर्सबारे निर्णय गरेपछि, यस पोर्टलमार्फत आफूलाई मनपर्ने कलेज र युनिभर्सिटीहरुमा अनलाइनमार्फत आवेदन गर्न सकिनेछ र आफ्नो आवेदनको स्थितिबारे ट्रयाक समेत गर्न सकिने छ ।
● विशेषज्ञ काउन्सलरद्वारा सहायता प्राप्त गर्न सकिने : आफ्नो आवेदन, चयन, यात्रा, र थप सम्बन्धमा हाम्रा विशेषज्ञ सल्लाहकारहरूबाट सल्लाह पनि प्राप्त गर्न सकिनुको साथै सम्पूर्ण जानकारी एसएमएस, इमेल र एपबाट तुरुन्त प्राप्त गर्न सकिने छ । साथै कलेज युनिर्भसिटीहरूमा सम्पूर्ण प्रक्रिया पूरा गरि सकेपछि Offer letter पठाएपश्चात विद्यार्थीले उक्त Offer letter स्वीकार गने र अन्य प्रकृयाहरु सुरू गर्न सकिने छ ।
प्रकाशित समय : ००:०१ बजे



















