गृहपृष्ठ नेपाल टेलिकमले ४० प्रतिशत लाभांश बाँड्ने, चैत २४ गते एजीएम आह्वान

नेपाल टेलिकमले ४० प्रतिशत लाभांश बाँड्ने, चैत २४ गते एजीएम आह्वान

नेपाल टेलिकमले ४० प्रतिशत लाभांश बाँड्ने, चैत २४ गते एजीएम आह्वान

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट पहिलो पटक चुक्ता पूँजीकाे २० प्रतिशत बोनस सेयरसहित कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनकिो फागुन ३० गते सम्पन्न सञ्चालक समितिको बैठकले अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि वितरण गर्नेगरी कम्पनीकाे मुनाफाबाट प्रत्येक १०० कित्ता सेयर बराबर २० कित्ता अनुपातमा बोनस तथा बोनसमा लाग्ने करसहित प्रतिसेयर २० रुपैयाँका दरले नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । बोनस र नगद लाभांश प्रस्ताव पारित गर्न कम्पनीले चैत २४ गते, चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बिहान ११ बजे सभा बोलाइएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ११ गतेदेखि २३ गतेसम्म सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने भएको छ । बुकक्लोज अनुसार चैत १० गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउन तथा साधारण सभामा प्रतिनिधित्व गर्न पाउनेछन् ।

प्रकाशित समय : १६:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु