गृहपृष्ठ प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावमाथि चैत २ गते छलफल हुने
प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावमाथि चैत २ गते छलफल हुने
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि आउँदो चैत २ गते बस्ने प्रतिनिधिसभा बैठकमा छलफल हुने भएको छ ।
आइतबारको प्रतिनिधिसभा बैठकमा महाअभियोग प्रस्ताव पेस गरिएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले चैत २ गते बस्ने बैठकमा महाअभियोग प्रस्तावमाथि छलफल हुने जानकारी गराए । आइतबारको बैठकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले महाअभियोग प्रस्ताव छलफलका लागि प्रस्तुत गरेका थिए । संसदमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी)का सचेतकहरू प्रस्तावक र ९५ सांसदको समर्थनमा जबराविरूद्ध यही फागुन १ गते महाअभियोग प्रस्ताव अघि बढाइएको थियो ।
राजनीतिक दलहरूले २१ बुँदामा विभिन्न आरोप लगाउँदै जबराविरुद्ध महाअभियोग प्रस्ताव संसदमा प्रस्तुत गरेका हुन् ।
प्रकाशित समय : २०:२२ बजे


















