काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई चरक मेमोरियल हस्पिटलको सेवामा छुट

6.88K
shares

नेपाल बैंकका कर्मचारी एवं ग्राहकले पोखरास्थित चरक मेमोरियल हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच छुटसम्बन्धी सम्झौता भएको हो ।

यस सम्झौताअनुसार बैंकका कर्मचारीले अस्पतालको विविध सेवामा लाग्ने शुल्कमा १५ प्रतिशतसम्म छुट र बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्युआर कोर्डमार्फत भुक्तानी गर्ने ग्राहकले अस्पतालको विविध सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौता पत्रमा हस्पिटलका अध्यक्ष रामचन्द्र रेग्मी र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले हस्ताक्षर गरेका छन् ।