गृहपृष्ठ प्रतिनिधिसभा बैठक सुरु, एमालेको अवरोध कायमै

प्रतिनिधिसभा बैठक सुरु, एमालेको अवरोध कायमै

प्रतिनिधिसभा बैठक सुरु, एमालेको अवरोध कायमै

प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । बैठक प्रारम्भ भएलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले अवरोध गरेका छन् । पार्टीले उठाएको माग सम्बोधन नभएको भन्दै एमाले सांसदले विगत ६ महिनादेखि संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।

पार्टीले कारबाही गरेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदको सूचना टाँस गर्नुपर्ने एमालेको माग छ । एमालेको अवरोधकै बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकका काम-कारबाही अघि बढाएका छन् । आजको बैठकका लागि दुईवटा कार्यसूची निर्धारण गरिएको छ ।

प्रकाशित समय : १९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु