nmb bank

गृहपृष्ठ ऐतिहासिक क्षेत्रलाई जोड्न म्याराथन: मुख्यमन्त्री पोखरेल

ऐतिहासिक क्षेत्रलाई जोड्न म्याराथन: मुख्यमन्त्री पोखरेल

ऐतिहासिक क्षेत्रलाई जोड्न म्याराथन: मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऐतिहासिक दुई स्थललाई जोड्ने गरी व्यास नगरपालिकाले दूरदर्शिता कायम गरेको बताए । व्यास नगरपालिका-५ मानुङकोटदेखि व्यास-८ पुलिमराङसम्मको ४४ किलोमिटरको नगरपालिकाद्वारा आज आयोजित अल्ट्रा म्याराथनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले मानुङकोटबाट शहीदग्राम पुलिमराङलाई खेलकुदका माध्यमबाट परिचित गराउन म्याराथनले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।

गण्डकी प्रदेश सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै खेलकुदका माध्यमबाट पर्यटन बिकास गरिनु सकारात्मक पक्ष भएको उनले बताए । खेल पर्यटन बिकास गर्ने उद्देश्यले बर्सेनि म्याराथनलाई प्राथमिकता राखिँदै आइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । नगरपालिकाले खेलकुदकै लागि २२ लाख बजेट विनियोजन गरेको उनले जानकारी दिए । नगरप्रमुख न्यौपानेले मानुङकोटमा पानीको चरम समस्या रहेकाले गण्डकी प्रदेश सरकारको सहयोगको अपेक्षा गरे । 

उपप्रमुख मीरा जोशी, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, व्यास-५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठलगायतका वक्ताले व्यास नगरपालिकाले दीर्घकालीन सोचका साथ पर्यटन बिकास गर्न म्याराथनको आयोजना गरेको बताए । यो सँगै पाँचौँ व्यासनगर अल्टा म्याराथन २०७८ आयोजना गरिएको हो । हरेक नयाँ वर्षको पछिल्लो अंकलाई पुरस्कारको राशिमा समेट्ने परम्परालाई कायम राख्दै यस वर्ष प्रथम पुरस्कार ८५ हजार ७८, द्वितीय ६५ हजार ७८, तृतीया ५५ हजार ७८ र सान्त्वना पुरस्कार पाँच जनालाई जनही १६ हजार ७८ का दरले प्रदान गरिने छ ।

म्याराथनको सम्पूर्ण धावन रुट यथावत कायम रहने गरी धावनमार्गमा विभिन्न आठ स्थानमा चेकप्वाइन्टको व्यवस्था गरिएको छ । म्याराथनमा १७३ जना धावकले सहभागिता जनाएको रेस डाइरेक्टर रमेशबहादुर भट्टचनले जानकारी दिए ।

प्रकाशित समय : १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु