nmb bank

गृहपृष्ठ कांग्रेस धनुषा सभापतिमा योगेन्द्र पजियार

कांग्रेस धनुषा सभापतिमा योगेन्द्र पजियार

कांग्रेस धनुषा सभापतिमा योगेन्द्र पजियार

नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनबाट सन्तोष यादवलाई पराजित गरी उनी निर्वाचित भएका हुन् । शुक्रबार राति आएको मतपरिणामअनुसार पजियार ६८९ को मतान्तरले निर्वाचित भएका हुन् ।

कूल खसेको दुई हजार ८१४ मतमध्ये पजियारले एक हजार ७३५ र यादवले एक हजार ४६ मत प्राप्त गरेका थिए भने ३३ मत बदर भएको निर्वाचन अधिकृत अरुणकुमार ज्ञवालीले जानकारी दिए । कूल तीन हजार ११९ मतदाता रहेकोमा दोस्रो चरणको निर्वाचनमा दुई हजार ८१४ मत खसेको थियो ।

पहिलो चरणमा नतिजा आउन नसकेपछि दोस्रो चरणका लागि शुक्रबार मतदान भएको थियो ।

प्रकाशित समय : १४:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु