गृहपृष्ठ चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा इच्छाकामना-२ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई शुक्रबार दुर्घटना हुँदा घटनास्थलमै मोटसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चितवनको इच्छाकामना-३ का ३० वर्षीया तृकी गुरुङ र उनकी छोरा ५ वर्षीया आरोन गुरुङ र इच्छाकामना-२ बस्ने वर्ष ३४ को नवीन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।
नवीन गुरुङ भने नाताले तृकी गुरुङकी भदै हुन् । मोटरसाइकल सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । उनीहरुको शव परीक्षणको लागि भरतपुर अस्पतालमा पठाइएको प्रवक्ता अधिकारीले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १४:१७ बजे


















