global ime bank Long Banner Ad

गृहपृष्ठ भरतपुर अस्पतालमा नवजात शिशुसहित सुत्केरीको मृत्यु

भरतपुर अस्पतालमा नवजात शिशुसहित सुत्केरीको मृत्यु

भरतपुर अस्पतालमा नवजात शिशुसहित सुत्केरीको मृत्यु

चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिला र उनका नवजात शिशुको मृत्यु भएको छ । भरतपुर अस्पतालको प्रसूति वार्डमा फागुन २४ गते भर्ना भएकी कावासोती नगरपालिका-४ हसौराकी २७ वर्षीया गंगा गैरे गौतम र उनकी नवजात शिशु (छोरी)को शुक्रबार बिहान मृत्यु भएको हो ।

गंगाले साधारण तरिकाले नै शुक्रबार छोरी जन्माएकी थिइन् । उनको अत्याधिक रक्तश्राव भएर मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्ण पौडेलले जानकारी दिए ।

भरतपुर अस्पतालका प्रसूति रोग विभागका प्रमुख डा.सुनिलमणि पौडेलले डीआइटी भएका कारण सुत्केरी महिलाको मृत्यु भएको बताए ।

प्रकाशित समय : १३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु