nmb bank

गृहपृष्ठ ‘सुजुकी नारायणी भेहिकल एक्सचेन्ज’ अफर सुरू

‘सुजुकी नारायणी भेहिकल एक्सचेन्ज’ अफर सुरू

‘सुजुकी नारायणी भेहिकल एक्सचेन्ज’ अफर सुरू

ललितपुरको बालकुमारीस्थित सुजुकी गाडीको अधिकारिक डिलर नारायणी अटो बिजनेसले ७ दिने गाडी एक्सचेन्ज अफर सञ्चालन गरेको छ । शुक्रबारदेखि सुरू भएको उक्त एक्सचेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीसँग नयाँ सुजुकी गाडी साट्न सक्नेछन् ।

अफरमा एक्सचेन्ज गरी नगद छुट, एक्सचेन्ज बोनस, इन्स्योरेन्स र नगदमा खरिद गर्दा ३० हजार रूपैयाँसम्मको अतिरिक्त छुटसमेत प्राप्त गर्न सक्ने नारायणी अटो बिजनेसले जनाएको छ ।

नारायणी अटो बिजनेस प्रालि १२ वर्षदेखि अटोमोबाइल्स क्षेत्रमा निरन्तर सेवा प्रदान गर्दै आइरहेको कम्पनी हो ।

प्रकाशित समय : २२:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु