nmb bank

गृहपृष्ठ शेखर गोल्छाको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकियो

शेखर गोल्छाको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकियो

शेखर गोल्छाको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सकियो

काठमाडौं : व्यवसायी शेखर गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ। न्यायाधीश नृपध्वज निरौलाको इजलासमा सुनुवाइ सकिएको हो। सुनुवाइ सकिएकाले आजै आदेश आउने सम्भावना छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बिहीबार गोल्छालाई पक्राउ गरेको हो। कानुन विपरीत आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै गोल्छाको श्रीमती सिमा गोल्छाले सोमबार सर्वोच्चमा रिट दायर गरेकी हुन्।

उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले सोमबार प्रहरीले अनुमति दिएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाडौं जिल्ला अदालत र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई रिटमा विपक्षी बनाइएको छ।

प्रकाशित समय : १२:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु