गृहपृष्ठ खेलाडीलाई संयमित भएर खेल्न मुख्य प्रशिक्षक इन्ड्रिकेको आग्रह
खेलाडीलाई संयमित भएर खेल्न मुख्य प्रशिक्षक इन्ड्रिकेको आग्रह
काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का मुख्य प्रशिक्षक लुइज इन्ड्रिकेले च्याम्पियन्स लिगको सेमिफाइनलमा खेलाडीलाई संयमित भएर खेल्न आग्रह गरेका छन् । पीएसजीले आज जर्मन क्लब बायर्न म्युनिखविरुद्ध सेमिफाइनलको पहिलो लेग खेल्दै छ ।
“खेलमा खेलाडीहरूले संयमित भएर खेल्न आवश्यक छ । किनभने, यस्तो समीकरण निकै ठूलो संघर्षपश्चात् प्राप्त हुन्छ । र, यस संस्करण स्थान बनाउँदैमा अर्काे संस्करणका निम्ति पनि ढुक्क भएर बस्ने अवस्था छैन,” उनले भने ।
उनले अगाडि भने, “खेलाडीहरू सबै तयार छन् भन्नेमा म विश्वस्त छु । आजको खेल विश्वका दुई उत्कृष्ट टिमको भिडन्त पनि हो । प्रशिक्षकका रूपमा भन्नुपर्दा हरेक प्रशिक्षकको उद्देश्य टिमलाई उत्कृष्ट लयमा पुर्याउनु नै हो । अहिले टिमको लय पनि राम्रै छ ।” खेल पीएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेस रंगशालामा नेपाली समयानुसार राति १२ः४५ बजे हुनेछ ।
प्रकाशित समय : १४:०३ बजे


















