global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्र बैंकले समायोजन गर्यो आरटीजीएस प्रणाली सञ्चालन समय

राष्ट्र बैंकले समायोजन गर्यो आरटीजीएस प्रणाली सञ्चालन समय

राष्ट्र बैंकले समायोजन गर्यो आरटीजीएस प्रणाली सञ्चालन समय

नेपाल राष्ट्र बैंकले आरटीजीएस प्रणालीको सञ्चालन समय समायोजन गरेको छ।

सरकारले कार्यालय समय परिमार्जन गरेसँगै केन्द्रीय आरटीजीएस प्रणालीको समय पनि पुनः निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

अब यो प्रणाली सोमबारदेखि शुक्रबारसम्म बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ। साथै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने यो समय घटाएर बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म मात्र रहनेछ।

त्यसैगरी, प्रत्येक आइतबार भुक्तानी सेवा सञ्चालकहरूको कारोबार सेटलमेन्टका लागि बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने व्यवस्था गरिएको छ।

प्रकाशित समय : १५:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु