nmb bank

गृहपृष्ठ शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सीआईबीलाई सर्वोच्चको आदेश

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सीआईबीलाई सर्वोच्चको आदेश

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सीआईबीलाई सर्वोच्चको आदेश

काठमाडौं । थुनामा राखिएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र इजलासमा उपस्थित गराउन सर्वोच्च अदालतले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आदेश दिएको छ ।

शेखरका तर्फबाट उनकी पत्नी सीमा गोल्छाले सोमबार (वैशाख १४) सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् । मंगलबार (वैशाख १५) सर्वोच्चमा सुनुवाइपछि न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले पक्राउ र थुनाको कारणसहितको लिखित जवाफसँगै २४ घण्टाभित्र बन्दीलाई उपस्थित गराउन आदेश दिएको हो ।

गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले सोमबार प्रहरीलाई अनुमति दिएको थियो । न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले थुना म्यादको अनुमति दिएको हो । गोल्छालाई सीआईबीको टोलीले बिहीबार (वैशाख १०) नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तयार पारेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन, २०८३’ मा उनको नाम समेत मुछिएको देखिएपछि पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

प्रकाशित समय : १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु