काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अनुमति

10.79K
shares

नाबालिग किशोरीमाथि बलात्कार गरेकाे आरोपमा तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहमाथि अनुसन्धान गर्न अदालतले उनलाई थप १२ दिन हिरासतमा राख्न अनुमति दिएकाे छ । यसअघि प्रहरीले पलमाथि अनुसन्धान गर्न ७ दिनको म्याद लिएको थियो ।

अनुसन्धान नसकिएकाले म्याद थपका लागि प्रहरीले अभियुक्त शाहलाई जिल्ला अदालत तनहुँमा आइतबार पेस गरेको थियो । नाबालिग किशोरीले तनहुँ जिल्ला प्रहरी कार्यालयमा बलात्कारको किटानी जाहेरी दिएको पाँच दिनपछि पल शाहले प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए ।

उनीमाथि तनहुँ प्रहरी कार्यालय र नवलपुर प्रहरी कार्यालयमा नाबालिग किशोरीमाथि बलात्कार गरेको आरोपमा बेग्ला-बेग्दै मुद्दा दर्ता भएकाे छ ।