global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ किशोरीलाई आत्मरक्षा तालिम

किशोरीलाई आत्मरक्षा तालिम

किशोरीलाई आत्मरक्षा तालिम

नमोबुद्ध नगरपालिकाले नगरभित्रका किशोरीका लागि आत्मरक्षा तालिम दिन सुरु गरेको छ । तीनदिने उक्त तालिम शुक्रबारदेखि नमोबुद्ध नपा-८ स्थित दाप्चा माध्यमिक विद्यालयमा सुरु गरिएको हो । लैगिंक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले आयोजित तालिममा नगरको वडा नं १, ७, ८, ९ र १० का पाँच विद्यालयको ४० किशोरी सहभागी भएका छन् ।

नगरपालिकाको सहयोगमा मण्डनदेउपुर नगरको 'द माउन्ट एभरेस्ट तेक्वान्दो डोजाङ'ले सञ्चालन गरेको तालिम नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले शुभारम्भ गरे । तालिममा कुनै पनि दुर्व्यवहारको प्रश्न उठाउन, तत्काल प्रतिवाद गर्न, स्थानीय तह वा प्रहरी सक्षम गएर उजुरी गर्न वा भौतिकरुपमा प्रतिकारसमेत गर्नसक्ने बनाउनेलगायत विषयमा जानकारी दिइनेछ ।

यस्तै त्यस्ता घटनाको कानूनी व्यवस्थाबारे पनि जानकारी दिइनेछ । नगर प्रमुख तिमल्सिनाले तालिमले हिंसामुक्त समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै यस्तो तालिम अब निरन्तररुपमा सञ्चालन गरिने जानकारी दिए ।

'महिलामैत्री र बालमैत्री नगर निर्माणका लागि आफूहरुले निर्वाचित भएदेखि नै निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएका छौँ', उनले भने ।

नगर उपप्रमुख रामदेवी तामाङले किशोरी भएदेखि नै लैैगिंक हिंसा सुरु हुने भएकाले त्यसलाई न्यूनीकरण गर्न यस्ता तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।

प्रकाशित समय : १३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु