global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ पर्यटन व्यवसायी पाण्डेलाई पाटाको ‘आजीवन सदस्यता’ अवार्ड

पर्यटन व्यवसायी पाण्डेलाई पाटाको ‘आजीवन सदस्यता’ अवार्ड

पर्यटन व्यवसायी पाण्डेलाई पाटाको ‘आजीवन सदस्यता’ अवार्ड

काठमाडौँ । नेपाली पर्यटन क्षेत्रका नेतृत्वकर्ता तथा दूरदर्शी व्यवसायी सुमन पाण्डेले अन्तर्राष्ट्रिय पर्यटन जगतको सर्वोच्च सम्मान प्राप्त गरेका छन् ।

प्रशान्त क्षेत्र पर्यटन संघ (पाटा)इन्टरनेसनलले पाण्डेलाई दक्षिण कोरियामा हालै सम्पन्न भव्य वार्षिक साधारण सभाका अवसरमा पाण्डेलाई संस्थाको सबैभन्दा मर्यादित पद ‘आजीवन सदस्य’बाट सम्मानित गरेको हो ।

पाटाको सात दशक लामो गौरवशाली इतिहासमा आजीवन सदस्यता पाउनुलाई असाधारण उपलब्धिको रूपमा हेरिन्छ । यो सम्मान पाटामा दशकौँसम्म निस्वार्थ सेवा गर्ने र विश्व पर्यटनको मानचित्रमा अतुलनिय छाप छोड्न सफल विशिष्ट व्यक्तित्वहरूलाई मात्र प्रदान गर्ने गरिन्छ ।

यो सम्मान प्राप्त गरेसँगै पाण्डे अब पाटाको उच्चतम सल्लाहकार परिषद्को सदस्य समेत बनेका छन् । संस्थाको नीति निर्माण र विश्वव्यापी रणनीति तय गर्न अब उनको भूमिका थप निर्णायक हुनेछ ।

विशेषगरी पर्यटन क्षेत्रमा असाधारण योगदान पु¥याउने र लामो समयसम्म नेतृत्वदायी तहमा रहेर संस्थालाई मार्गनिर्देशन गर्ने व्यक्तिहरूका लागि मात्र यो सम्मानको ढोका खुल्ने गर्दछ । पाण्डे विगत ६ वर्षदेखि पाटा अन्तर्राष्ट्रियको केन्द्रीय तहमा रहेर पु¥याएको सक्रिय योगदान र उनको कार्यक्षमताको उचित कदर गर्दै संस्थाले यो गरिमामय पदवी दिएको हो ।

पाण्डे पाटासँगको व्यावसायिक यात्रा सन् २०१३ बाट थप उचाइमा पुगेको देखिन्छ । उनले सन् २०१३ देखि २०१७ सम्म पाटा नेपाल च्याप्टरको १२ औँ अध्यक्षको रूपमा कार्यभार सम्हाल्दै नेपाली पर्यटनलाई विश्व बजारमा नयाँ उचाइमा पु¥याएका थिए ।

पाण्डेले सन् २०२० देखि २०२४ सम्म लगातार दुई कार्यकाल पाटा अन्तर्राष्ट्रियको सचिव, कोषाध्यक्ष जस्तो जिम्मेवार पद सम्हाल्दै संस्थाको आर्थिक र प्रशासनिक सुदृढीकरणमा महतवपूर्ण भूमिका खेलेका छन् ।

अन्तर्राष्ट्रिय पर्यटनको नीति निर्माणमा उनको दख्खल र सक्रियताकै कारण उनी हाल -सन् २०२४–२०२६० का लागि पाटा अन्तर्राष्ट्रिय हेडक्वार्टरको उपाध्यक्ष पदमा निर्वाचित भई कार्यरत रहेका छन् ।

दक्षिण कोरियामा प्राप्त यो सम्मान पाण्डेको व्यक्तिगत सफलता मात्र नभई, समग्र नेपाली पर्यटन व्यवसायीहरूको क्षमता र विश्वस्तरमा उनीहरूको नेतृत्वदायी भूमिकाको अन्तर्राष्ट्रिय प्रमाणीकरण पनि हो । यस उपलब्धिले आगामी दिनमा विश्व पर्यटन बजारमा नेपालको पहुँच र प्रभावलाई थप बलियो बनाउने विश्वास पर्यटन वृत्तमा गरिएको छ । नेपालबाट यसअघि यस अवार्डबाट स्व। प्रभाकर शम्शेर राणा, स्व। बसन्त मिश्र र आर आर पाण्डे सम्मानित भएका थिए ।

पर्यटनका साथै पाण्डे राजनीतिक र सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । उनी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नुवाकोट क्षेत्र नं. २ बाट उम्मेदवार बनेका थिए भने हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पर्यटन तथा संस्कृति विभाग प्रमुखको रूपमा नीतिगत सुधारका कार्यमा समेत संलग्न छन् ।

प्रकाशित समय : १२:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु