global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सैँतिस वर्षदेखि व्यवसायिक कृषिमा रमाउँदै थारू

सैँतिस वर्षदेखि व्यवसायिक कृषिमा रमाउँदै थारू

सैँतिस वर्षदेखि व्यवसायिक कृषिमा रमाउँदै थारू

ठाकुरबाबा । यहाँको बढैयाताल गाउँपालिका–८ फूलपुरका–६८ वर्षीय किसान ईश्वरीप्रसाद थारूले कृषि पेसाबाटै वार्षिक लाखौँ आम्दानी गर्दै आएको छ ।

विगत ३७ वर्षदेखि मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका माटोमै आर्थिक समृद्घिको सम्भावना देखेपछि कृषि पेसालाई मुख्य आयस्रोत बनाएको हो । एक बिघा जमिनमा वार्षिक रूपमा धान करिब ३५ क्विन्टल, आलु १८० क्विन्टल र तरबुजा १५० देखि १६० क्विन्टलसम्म उत्पादन हुने । त्यसैगरी, नौ कट्ठा क्षेत्रफलमा लगाइएको काँक्राबाट मात्रै वार्षिक तीन लाख रुपैयाँभन्दा बढी आम्दानी लिने गर्नुहुन्छ ।

एक बिघा १० कट्ठामा गरिएको कृषि व्यवसायबाट वार्षिक करिब १३ लाख रुपैयाँ आम्दानी हुने र करिब पाँच लाख रुपैयाँ लागत लाग्ने भनाइ छ । उहाँले चार वर्षअघि सुरु गरेको तरबुजाखेती पहिलो वर्षमै सफल भएपछि थारूले यसलाई निरन्तरता दिएको हो ।

अग्र्यानिक उत्पादन भएकाले ग्राहकहरू सिधै बारीमै आउने र स्थानीयसहित छिमेकी बाँके जिल्लाबाट समेत अवलोकनका लागि आउने गरेका छन् । राष्ट्रपति पुरस्कारबाट सम्मानित किसान थारूले खुला सिमानाका कारण भारतीय तरकारी सस्तोमा भित्रिँदा स्वदेशी उत्पादनले उचित मूल्य नपाउने समस्या रहेको उल्लेख गरे ।

किसान लक्षित अनुदान, प्राविधिक सहयोग तथा आयात नियमनमा सरकारले ध्यान दिनुपर्ने बताए । युवाहरू विदेशिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै उहाँले कृषि क्षेत्रमा पर्याप्त सम्भावना रहेको धारणा राखे । हाल पाँचदेखि सात जनासम्मलाई दैनिक ज्यालादारीमा रोजगारी दिँदै आएको छ ।

प्रकाशित समय : १२:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु