global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ युक्रेनबाट नेपाली फर्काउन भारतसँग गुहार

युक्रेनबाट नेपाली फर्काउन भारतसँग गुहार

युक्रेनबाट नेपाली फर्काउन भारतसँग गुहार

युक्रेनमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउन नेपाल सरकारले भारतसँग सहकार्यको प्रयास गरेको छ ।

युक्रेनबाट पोल्याण्ड लगायतका देशमा गएका नेपाली नागरिकहरुलाई भारत सरकारबाट सञ्चालित उडानहरू मार्फत् स्वदेश फर्काइदिन गरेको अनुरोधमा सकारात्मक जवाफ प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतले युक्रेनबाट आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउन केही मन्त्रीहरुसहित विमानहरू पठाएको छ । तीनै भारतीय विमानहरुमा स्वदेश फर्किन इच्छुक नेपालीहरुलाई पनि ल्याउने प्रवन्ध मिलाउने प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : १३:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु