global ime bank Long Banner Ad
IME Pay
nmb bank

गृहपृष्ठ एकदिवसीय सिरिजको तयारी खेल्न नेपाली क्रिकेट टीम श्रीलंका जाँदै

एकदिवसीय सिरिजको तयारी खेल्न नेपाली क्रिकेट टीम श्रीलंका जाँदै

एकदिवसीय सिरिजको तयारी खेल्न नेपाली क्रिकेट टीम श्रीलंका जाँदै

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत हुने एकदिवसीय सिरिजको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलंका प्रस्थान गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोली शनिबार बिहान श्रीलंका प्रस्थान गर्ने जनाएको छ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको १६ सदस्सीय टोलीले श्रीलंकामा त्यहाँको फस्ट क्लास क्लबसँग ४ अभ्यास खेल खेल्नेछ।

नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ।  उक्त सिरिजमा नेपालले युएई र पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध खेल्नेछ। पीएनजीविरुद्ध नेपालले सिरिजको पहिलो खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा खेल्नेछ। नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ।  नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ। नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ। 

लिग टु अन्तर्गत ७ टिम सहभागि रहेका छन् ।ओमान २३ खेलबाट ३० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल भने ८ खेलबाट ८ अंक जोड्दै छैठौं स्थानमा छ।

प्रकाशित समय : १४:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु