global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्वाचनमा कसैलाई समर्थन नगरेको प्रष्टिकरण

यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्वाचनमा कसैलाई समर्थन नगरेको प्रष्टिकरण

यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्वाचनमा कसैलाई समर्थन नगरेको प्रष्टिकरण

काठमाडौं । केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्वाचनमा हरिशरण केसीलाई समर्थन गरेको भन्ने समाचार प्रकाशित भएपछि त्यसको खण्डन गरिएको छ ।

अध्यक्ष बाँनियाले एक विज्ञप्ति जारी गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले आसन्न अधिवेशनमा कुनै पनि उम्मेदवारलाई आधिकारिक समर्थन नगरेको स्पष्ट पारेका छन्।

उनले ट्रक महासंघ एक स्वायत्त संस्था भएकाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उच्च सम्मान गर्दै तटस्थ भूमिका अपनाएको बताएका छन् ।

बानियाँले सामाजिक सञ्जाल, केही अनलाइन सञ्चार माध्यम तथा विभिन्न पत्रपत्रिकामार्फत प्रसारित भएका समर्थनसम्बन्धी समाचार आधिकारिक नभएको उल्लेख गरेका छन् ।

‘नेपाल ट्रक यातायात व्यवसायी महासंघ स्वायत्त संस्था भएकाले यस संस्थाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उच्च सम्मान गर्दछ। आसन्न अधिवेशनमा कुनै पनि उम्मेदवारलाई आधिकारिक समर्थन नगरेको ब्यहोरा सबैलाई जानकारी गराइन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

उनले ट्रक महासंघ र यातायात व्यवसायी राष्ट्रिय महासंघ सहोदर संस्थाका रूपमा रहेको उल्लेख गर्दै निर्वाचन प्रक्रियामा संस्थागत रूपमा कसैको पक्ष वा विपक्षमा नलाग्ने बताएका छन् ।

पोखरामा जारी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रिया चलिरहेको छ । अध्यक्ष पदका लागि पुण्यप्रसाद सिटौला र हरिशरण केसी बिच प्रतिस्पर्धा भइरहेको छ ।

प्रकाशित समय : ११:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु