काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

राप्रपा नेपालले तोक्यो दुई प्रदेश प्रमुख, मधेशमा यादव र गण्डकीमा अधिकारी

10.46K
shares

राप्रपा नेपालले दुईवटा प्रदेशमा प्रदेश अध्यक्षको जिम्मेवारी तोकेको छ । पार्टी अध्यक्ष कमल थापाले विधान बमोजिम मधेस प्रदेशको अध्यक्षमा रामनरेश यादव (धनुषा) र गण्डकी प्रदेशको अध्यक्षमा राजेन्द्र बहादुर अधिकारी (तनहुँ)लाई जिम्मेवारी दिएको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ ।

संगठन विस्तारलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढिरहेको राप्रपा नेपालले बाँकी प्रदेश र जिल्लाहरुमा चाँडै कार्यसमिति चयन गर्ने बताइएको छ ।

सो पार्टीले भातृ संगठनहरुमा विद्यार्थी संगठन, पूर्व प्रहरी परिषद गठन गरिसकेको छ भने युवा संगठन को फागुन २१ गते, महिला संगठनको २४ गते र युवक मोर्चाको २८ गते घोषणासभा मार्फत केन्द्रीय कार्यसमिति सार्वजनिक गर्ने राप्रपाले जनाएको छ ।