एनआइसी एशिया बैंकद्वारा खेल पाेशाक हस्तान्तरण
वि.सं.२०७८ पुस ४ आइतवार १९:५८
shares
बंगलादेशमा आयोजना हुने एशियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यामिपयनसिपमा सहभागी हुन जाने नेपाली टोलीलाई एनआइसी एशिया बैंकले आइतबार खेल पोशाक हस्तान्तरण गरेको छ । थापाथलीस्थित बैकको केन्द्रीय कार्यलयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोसन कुमार न्यौपानेले महिला टिमकी कप्तान अरुणा शाही, पुरुष टिमका कप्तान इम रानामगर र महिला टिमका मुख्य प्रशिक्षक जगदीश भट्टलाई खेल पोशाक हस्तान्तरण गरे ।
नेपालको नेतृत्व गदै बंगलादेशमा एशियन सेन्ट्रल जोन खेल्न जाने पुरुष तथा महिलाका सदस्यलाई उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गदै प्रमुख कार्यकारी अधिकृत न्यौपानेले खेलाडी प्रशिक्षक तथा सहभागी टिमका लागि हाम्रो संस्थाले खेल पोशाककै रुपमा हातेमालो गर्ने अवसर पाएकोमा गर्व महशुस भएकाे बताए । उनले भने, 'नेपालको राष्ट्रिय खेलको विकास विस्तारका लागि सबै कर्पोरेट हउसबाट योगदान दिन हुन पनि अनुरोध गर्दछु ।'
सो अवसरमा प्रशिक्षक भट्टले राष्ट्रिय खेल भलिबलको विकास र विस्तारमा बैंकले देखाएको चासोमा नेपाल भलिबल संघ र समग्र भलिबल खेलाडी आभार व्यक्त गर्दै आगामी दिनमा पनि एनआइसी एशिया बैंकको सहयोग सद्भाव रहिरहने विश्वास व्यक्त गरे ।
बैंकले महिला तथा पुरुष टिमका खेलाडी, प्रशिक्षक र अफिसियललाई जुत्ता, स्पोर्टस् ब्याग, निक्याप र मोजा उपलब्ध गराएको थियो ।
























