काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भीम रावलको आपत्ति- टीके प्रणाली जबज र लोकतान्त्रिक मान्यताविपरीत

9.53K
shares

एमाले नेता भीम रावलले आफूलाई सोध्दै नसोधी एमालेको सल्लाहकार परिषद्को सदस्य बनाइएकोमा आपत्ति जनाएका छन् । शुक्रबारको पत्रकार सम्मेलनमा एमालेका महासचिव शंकर पोखरेलले रावललाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्यको जिम्मेवारी दिइएको जानकारी दिएका थिए ।

रावलले टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताविपरीत हुने समेत स्मरण गराएका छन् । 'मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधि कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ,' रावलले ट्विटरमार्फत आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन् ।

एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षका प्रत्यासी भएका रावल केपी ओलीसँग पराजित भएका थिए । केन्द्रीय सदस्यका लागि उनले उम्मेदवारी नदिएको त्यतिबेलै प्रष्ट पारेका थिए । जसअनुसार नवौं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित उनी अहिले एमालेको केन्द्रीय सदस्यसमेत छैनन् ।

मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो ।यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।

— Dr. Bhim Rawal (@BhimRawal179) December 18, 2021