धितोपत्र बजारबारे सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै एनआइबीएल एस क्यापिटल
वि.सं.२०७८ पुस ३ शनिवार १८:५४
shares

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआइबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा एक अन्तर्क्रिया तथा लगानी सचेतनामुलक कार्यक्रम सञ्चालन भएको छ । उक्त कार्यक्रममा स्थानीय लगानीकर्ताहरुका विभिन्न जिज्ञासा र समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा समेत छलफल भएकाे थियाे ।
छलफलमा एनआइबीएल एस क्यापिटल लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत तथा मर्चेन्ट बैंकर्स संघका अध्यक्ष मेखबहादुर थापा तथा कम्पनीका अन्य पदाधिकारीहरुले सहजीकरण गरेका थिए । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश स्तरमा लगानीकर्ता सचेतना अभिवृद्घि कार्यक्रमको सुरुवात सुदूरपश्चिम प्रदेशको धनगढीबाट गरिएको बताइएको छ ।
कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागिता साथै विभिन्न सल्लाह सुझावसमेत ग्रहण गरिएको क्यापिटलले जनाएको छ ।

























