काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एभरेष्ट बैंकको १०.३२ प्रतिशत लाभांश पारित

9.18K
shares

एभरेष्ट बैंकले वार्षिक साधारणसभाले प्रस्तावित १०.३२ प्रतिशत लाभांश पारित गरेको छ । पुस १ गते सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने १०.३२ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो ।

यससँगै, बैंकका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र ४.३२ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) पाउने भएका छन् । बोनस सेयर वितरण भएपश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार २०९ रुपैयाँ हुनेछ । यस्तै बैंकको साधारणसभाले आ।व २०७८र७९ को लागि सुन्दर एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ ।