काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

विवेकशील साझा, सिटिजन्स डिसकशन र जनता दरबार पार्टीबीच एकता घोषणा

7.14K
shares

विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीबीच एकता घोषणा भएको छ । शनिबार विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र, सिटिजन्स डिसकशन फोरमका संयोजक कर्णबहादुर शाही र राष्ट्रिय जनता दरबार पार्टीका अध्यक्ष एसपी साह सारथीले हस्ताक्षर गरेका हुन् ।

एक विज्ञप्ति जारी गर्दै ००७ सालमा प्रजातन्त्र स्थापनासँगसँगै देश खुला राजनीतिमा प्रवेश गरे पनि त्यसले स्थायित्व ग्रहण गर्न नसकेको भन्दै एकता गरेको बताए । विज्ञप्तिमा भनिएको छ, '२०१५ सालको पहिलो आम निर्वाचनले प्रजातन्त्रलाई संस्थागत गर्ने तर्फ ‍दिशा निर्देश गरे पनि २०१७ सालमा देशले अर्को दुर्भाग्य बेहोर्नु पर्यो ।३० वर्ष त्यसैमा वित्यो । २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि पनि राजनीति व्यक्ति केन्द्रीत, स्वार्थ केन्द्रीत र ठूलो हदसम्म विदेश आश्रित रहिरह्यो । न हामीले सुसंस्कृत राजनीतिको पद्दति बसाल्न सक्यौँ न राष्ट्रियहितलाई प्राथमिकतामा राख्न सक्यौं ।' 

राष्ट्र एकीकरणका नायक पृथ्वीनारायण शाहको दिव्य उपदेश, राष्ट्रियहितलाई सर्वोपरि ठानी वीपी कोइरालाहरू जस्ता नेताहरूले लिएको राष्ट्रिय एकता तथा मेलमिलापको नीति सबै गौण बनेको विज्ञप्तिमा उल्लेख छ । त्यसै भएर हुनुपर्छ, नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले ०६२/६३ पछिको परिवर्तनलाई 'हतारमा आयात गरिएको विदेशी पोसाक' को संज्ञा दिएका । हतारमा आयात गरिएको विदेशी पोसाकको लाज र त्यसबाट सिर्जित समस्या ढाक्न खोज्दा, समस्याको थुप्रो झनझन चुलिँदै गएको छ ।

विज्ञप्तिमा भनिएको छ, 'विगत ७० वर्षमा हाम्रै छिमेकी देशहरू लगायत हामीजस्तै आर्थिक दुरावस्थाबाट गुज्रिएका सन्सारका अन्य कयौँ मुलुकहरूको ‘आमूल रूपान्तरण’ भइसक्दा पनि हामी भने देशको ‘आधारभूत रूपान्तरण’कै सपनामा रूमल्लिएर बस्न बाध्य भएका छौँ।' त्यसैकारण अफ्नै जीवनकालमा विचारभन्दा माथि देश राखेर विकास गर्नुपर्ने साझा पार्टीका अध्यक्ष मिश्रले बताए ।