शान्ति सेना २८औं डफ्फाको पहिलो टोली कंगो प्रस्थान
वि.सं.२०७८ मंसिर १८ शनिवार २१:०६
shares

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका सिलसिलामा अफ्रिकी मुलुक कंगोमा तैनाथ हुन २८औं डफ्फाको पहिलो टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ ।
त्यहाँ तैनाथ भवानीदल गण २७औं डफ्फालाई बदली गर्न फष्ट रैफल गण २८औं डफ्फाको शान्ति सेनाको पहिलो टोली प्रस्थान गरेको हो । प्रमुख सेनानी वसन्तबहादुर गौतमको नेतृत्वमा २१९ शान्ति सैनिक मिशन ईलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेनाले छ दशकदेखि संयुक्त राष्ट्रसंघका विभिन्न मिसनमा सहभागी भई द्वन्दग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पु-याउँदै आएको छ । कोभिड–१९ संक्रमणबीच सम्पूर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरुप अदली बदलीको व्यवस्थापन गरिएको सेनाले जानकारी दिएको छ ।
























