global ime bank Long Banner Ad

गृहपृष्ठ जाजरकोट बस दुर्घटना : मृतक पाँचकाे पहिचान खुल्याे, गम्भीर घाइतेलाई नेपालगञ्ज रिफर

जाजरकोट बस दुर्घटना : मृतक पाँचकाे पहिचान खुल्याे, गम्भीर घाइतेलाई नेपालगञ्ज रिफर

जाजरकोट बस दुर्घटना : मृतक पाँचकाे पहिचान खुल्याे, गम्भीर घाइतेलाई नेपालगञ्ज रिफर

जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् । नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना. ६ ख २७५७ नम्बरको बस आज बिहान साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका-१३, कुदुमा दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-४ की २४ वर्षीया सन्ध्या मल्ल शाही र उनकी चार वर्षीया छोरी दिव्या शाही रहेका छन् । त्यस्तै नलगाड नगरपालिका-३ करुवाका २५ बर्षीय शेरबहादुर परियार, कुशे गाउँपालिका-९ की १८ वर्षीया अनिला नेपाली, राजबिराज नगरपालिका-१ सप्तरीका ४० वर्षीय गंगाराम यादव रहेका छन् । यादव जाजरकोटकै दीपेन्द्र आधारभूत विद्यालयमा कार्यरत कर्मचारी हुन् ।

दुर्घटनामा २५ जनाभन्दा धेरै घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज रिफर गरिएकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी मधुकुमार थापाले जानकारी दिए ।

बसचालक नेपालगञ्ज उप–महानगरपालिका–४ बाँकेका ४६ वर्षीय चित्रबहादुर देलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको छ ।

प्रकाशित समय : १५:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु