global ime bank Long Banner Ad

गृहपृष्ठ धनगढीमा पनि गुड्ने भयो ट्रियो इलेक्ट्रिक अटो

धनगढीमा पनि गुड्ने भयो ट्रियो इलेक्ट्रिक अटो

धनगढीमा पनि गुड्ने भयो ट्रियो इलेक्ट्रिक अटो

महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम-आइओन सञ्चालित इलेक्ट्रिक थ्री-ह्विलर अटा शुक्रबार धनगढीमा पनि सार्वजनिक गरेको छ ।

बुटवल, चितवन, हेटौंडा लगायतका ठाँउहरुमा अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेलगत्तै धनगढीस्थित क्याम्पस रोडमा सार्वजनिक गरिएको हो। महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्ट ८ लाख ४० लाख रुपैयाँ शोरुमको मूल्यमा प्रस्तुत गरिएको छ ।

महिन्द्रा ट्रियो १०,०००+ सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म भएको र सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटरभन्दा बढी दूरी तय गरिसकेकोे कम्पनीले जनाएको छ ।

अग्नि इनर्जीका धनगढीका लागि आधिकारिक बिक्रेता सेन्ट्रल अटो जोन प्रालिका प्रबन्ध निर्देशक बी एण्ड ए. अटोमोटिभ्स प्रालिका प्रबन्ध निर्देशक अभिनाश चौधरी, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, महिन्द्रा एलएमएमका निर्यात प्रमुख हिमांशु अग्रवाल तथा अग्नि इनर्जीका वरिष्ट कार्यकारी व्यवस्थापक प्रमोद पोखरेलका साथै धनगढी उपमहानगरपालिका वडा सदस्यहरुका उपस्थितिबिच एक समारोहमा ट्रियो इलेक्ट्रिक थ्री-ह्विलर अटो सार्वजनिक गरिएको हो ।

प्रकाशित समय : १५:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु