global ime bank Long Banner Ad

गृहपृष्ठ सहिद स्मारक ‘ए’ डिभिजन लिग  : आज दुई खेल, कुन-कुन टिम भिड्दैछन् ?

सहिद स्मारक ‘ए’ डिभिजन लिग  : आज दुई खेल, कुन-कुन टिम भिड्दैछन् ?

सहिद स्मारक ‘ए’ डिभिजन लिग  : आज दुई खेल, कुन-कुन टिम भिड्दैछन् ?

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज शनिबार दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा च्यासल युथ क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । च्यासल र एपीएफबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

च्यासल पहिलो खेलमा थ्री स्टारसँग ३-० ले पराजित भएको थियो । च्यासल अंक विहीन रहदै तालिकाको पुछारमा रहेको छ । एपीएफ पनि पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा एपीएफ ब्रिगेड ब्वाइज क्लबसँग ३-२ गोल अन्तरले पराजित भएको थियो । एपीएफ अंकविहीन रहँदै ११औं स्थानमा रहेको छ ।

दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र हिमालयनबीचको खेल ४:४५ बजे सुरु हुनेछ । कीर्तिमानी आठ पटकको विजेता मनाङ लगातार दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा मनाङले जावलाखेल युथ क्लबलाई १-० ले हराएको थियो । मनाङ ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

पहिलो खेलमा हिमालयनले संकटा क्लबसँग १-१ गोलको बराबरी खेलेको थियो । १ अंक जोडेकाे हिमालयन अंक तालिकामा सातौं स्थानमा छ ।

प्रकाशित समय : १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु