गृहपृष्ठ कांग्रेस स्याङ्जाको सभापतिमा थापा विजयी
कांग्रेस स्याङ्जाको सभापतिमा थापा विजयी
नेपाली कांग्रेस स्याङ्जा जिल्लाको सभापतिमा राजु थापा विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनामा थापाले एक हजार १ सय १७ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी भागवतप्रकाश मल्लले एक हजार ८५ मत प्राप्त गरे ।
कूल दुई हजार २ सय ५७ मतदातामध्ये दुई हजार २ सय १८ मत खसेको थियो । विजयी थापा संविधानसभा सदस्य हुन् भने मल्ल स्याङ्जा क्षेत्र नं २ प्रदेश ‘ख’ का विजयी सांसद एवं नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशका सचेतक हुन् । दुवैले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा प्रतिस्पर्धा गरेका थिए ।
सभापतिबाहेक उपसभापति, सचिव, सहसचिवमा थापा र मल्ल समूहबाट एक/एक जना निर्वाचित भएका छन् ।
प्रकाशित समय : १४:२० बजे



















