global ime bank Long Banner Ad

गृहपृष्ठ ‘चाँदी आयातको कडाईले हस्तकला निर्यातमा गम्भीर असर पर्छ’

‘चाँदी आयातको कडाईले हस्तकला निर्यातमा गम्भीर असर पर्छ’

‘चाँदी आयातको कडाईले हस्तकला निर्यातमा गम्भीर असर पर्छ’

नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत चाँदी आयातमा गरिएको कडाईले चाँदीबाट निमार्ण हुने गरगहना र हस्तकला आदिको निर्यातमा गम्भीर असर गर्ने बताएको छ ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सम्बन्धमा शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै चेम्बरले त्यस्ता उद्योगहरुमा आवद्ध कालिगढहरुको रोजगारी पनि गुम्ने जोखिम बढाएको जनाएको छ । हाल चाँदी आयातका लागि अधिकतम ३५ हजार डलरको सीमा रहेको छ । विदेशी विनिमय सञ्चितीको विद्यमान स्थितीलाई दृष्टिगत गरि तोकिएका वस्तुहरुको प्रतीतपत्र खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्थाले आयतलार्ई नियन्त्रण गर्न खोजिएको भए पनि आवश्यक र अत्यावश्यक वस्तुहरु नपरुन् भन्ने चेम्बरको धारणा छ ।

बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशत यथावत राखी २०७९ असार मसान्त सम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई राष्ट्र बैंकसमक्ष प्रस्तुत गर्ने व्यवस्था आएको छ । यसले तरलताको दीर्घकालीन समस्याको समाधान नगर्ने चेम्बरको धारणा छ । तरलता व्यवस्थापनका लागि सीसीडी रेसियो विगतका वर्षहरुमा झैं ८५ प्रतिशत कायम वा सीडी रेसियोलाई ९५ प्रतिशत पुर्‍याउनपर्छ भन्ने नेपाल चेम्बर अफ कमर्शको माग छ ।

व्यवसायिक कृषि, उत्पादनमुलक उद्योग पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली उद्यमी व्यवसायीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा ल्याउन सक्ने व्यवस्था मिलाइएको चेम्बरले स्वागत गरको छ । तर हेजिङसम्बन्धी नीतिको उचित व्यवस्था नभई यो प्रभावकारी हुन नसक्ने उसको धारणा छ । सोको लागि हेजिङ नीतिको व्यवस्था गर्नसमेत चेम्बरले माग गरेको छ ।

राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा विद्यमान अनिवार्य नगद अनुपात, बैंकदर र वैधानिक तरलता अनुपात यथावत राखिएको छ ।

प्रकाशित समय : १४:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु