गृहपृष्ठ देशभर चिसो बढ्यो, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातकाे सम्भावना
देशभर चिसो बढ्यो, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातकाे सम्भावना
नेपालको पूर्वी क्षेत्रमा बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ । आज बिहान प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको मौसममा बदली भएको र तराईमा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखका अनुसार पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा काठमाडौंको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियसमा झरेको छ । सबैभन्दा कम तापक्रम माइनस २.८ डिग्री रहेको छ । आज दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भूभागको मौसममा बदली रहनेछ । त्यस्तै ती क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ ।
आज राति प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रकाशित समय : १३:५६ बजे



















