गृहपृष्ठ ब्रिटिस कलेजका ४१९ जना विद्यार्थी दीक्षित
ब्रिटिस कलेजका ४१९ जना विद्यार्थी दीक्षित
द ब्रिटिस कलेज (टीबीसी)को सातौं दिक्षान्त समारोह सम्पन्न भएको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको टीबीसीमा लिड्स बेकेट युनिभर्सिटी (एलबीयू) तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (यूडब्लुई)को सम्बन्धनमा अध्यायनरत विद्यार्थीहरु दीक्षित भएका हुन् । द ब्रिटिस कलेज ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था हो ।
कोरोना महामारीको कारण गत वर्षको दिक्षान्त समारोह भर्चुअल्ली सम्पन्न भए पनि यस वर्ष भने कोरोना संक्रमण केही नियन्त्रणमा रहेको हुँदा भौतिक उपस्थितिमै हायात रिजेन्सी होटलमा कार्यक्रमको आयोजना गरिएको हो । सम्पन्न दिक्षान्त समारोहलाई दुई भागमा विभाजन गरिएको थियो । बिजनेश विषयका विद्यार्थीहरुलाई बिहान र आईटीका विद्यार्थीहरुलाई दिउँसो दीक्षित गरिएको थियो । समारोहमा स्नातक तथा स्नातोकोत्तर तहका गरी जम्मा ४१९ जना विद्यार्थी दीक्षित भएका हुन् ।
कोरोनाकै कारण उपस्थित हुन नसकेका कलेजका सल्लाहकारहरु जोन एडवर्ड होलिस्टर मोन्टागु, माइकल रुटल्याण्ड, प्रोफेसर फर्गस लियोन लगायतले दिक्षान्त समारोहलाई भर्चुअल्ली सम्बोधन गरेका थिए । त्यस्तै, युनिभर्सिटी अफ वेस्ट अफ इंग्ल्याण्डका भाइस चान्सलर तथा अध्यक्ष स्टीभ वेस्ट– सीबीइ, लिड्स बेकेट युनिभर्सिटीका प्रोफेसर तथा प्रो भाइस चान्सलर जिन किए, ब्रिटिस कलेजका एक्जिक्यूटिभ प्रिन्सिपल डा. मेरी बिशपले पनि दीक्षित विद्यार्थीहरुलाई बधाई दिए ।
कलेजका कार्यकारी निर्देशक तथा संस्थापक राजन कँडेलले कोरोनाको महामारीको समयमा पनि विद्यार्थीहरुले उत्कृष्ट नतिजा हासिल गरेको भन्दै सबैलाई बधाई दिए । ‘कोरोनाभाइरसको महामारीमा पनि हाम्रो विद्यार्थीहरुले राम्रो नतिजा ल्याएका छन् । कलेजकै इतिहासमा सबैभन्दा धेरैले विद्यार्थीहरुले डिस्टिंसन ल्याएका छन्,’ कँडेलले भने, ‘यस वर्ष हाम्रो कलेजले ब्रिटिस एक्रिडेशन काउन्सिलको पनि मान्यता पाएका हुँदा कलेजबाट डिग्री प्राप्त गर्ने विद्यार्थीहरुले अतिरिक्त सम्मान पनि पाएका छन् । मलाई गर्व छ हाम्रो कलेजबाट ग्राजुयट भएका विद्यार्थीहरु सफल हुनेछन् । तपाईहरुको उज्वल भविष्यको कामना पनि गर्दछु ।’
.jpg)
प्रकाशित समय : १४:३३ बजे


















