global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेस महाधिवेशन : मतगणना स्थलमा गोली चल्यो, दुई प्रहरीसहित ७ घाइते

कांग्रेस महाधिवेशन : मतगणना स्थलमा गोली चल्यो, दुई प्रहरीसहित ७ घाइते

कांग्रेस महाधिवेशन : मतगणना स्थलमा गोली चल्यो, दुई प्रहरीसहित ७ घाइते

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गोली चलेको छ । मतगणनाको क्रममा पौडेल–सिटौला पक्षका उम्मेदवार विष्णुकुमार गिरीले अग्रता लिएपछि युवाहरुको समूहले मतगणनास्थल स्वर्गद्वारी क्याम्पसमा ढुंगा प्रहार गरेका थिए ।

मंगलबार साँझ जिल्ला सभापतिको ६५ मत गणना बाँकी अन्तिम अवस्थामा पुगेका बेला ढुंगामुढा भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ७ सेल अश्रु ग्यास प्रहार गर्नुपरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।

झडपका क्रममा प्रहरीसहित ७ जना घाइते भएका छन । घाईतेहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार ल्याइएको छ । आक्रमणपछि अहिले मतगणना कार्य स्थगित भएको छ । निर्वाचनमा देउवा पक्षबाट शिव रिजाल सभापतिका उम्मेद्वार रहेका छन् । पौडेलसिटौला पक्षबाट गिरी मैदानमा छन् ।

प्रकाशित समय : १२:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु