कांग्रेस महाधिवेशन प्रतिनिधिमा विनोद चौधरी सर्वसम्मत
वि.सं.२०७८ मंसिर ६ सोमवार २३:००
shares

उद्योगी विनोद चौधरी नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएका छन् । सोमबार नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ बाट उनी महाधिवेशनमा सर्वसम्मत चयन भएका हुन् ।
चौधरी मधेसी कोटामा महाधिवेशन प्रतिनिधि चयन भएका निर्वाचन समितिले जनाएको छ ।
























