क्रिसमस परेडमा गाडी ठोक्किँदा पाँचको मृत्यु, ४० घाइते
वि.सं.२०७८ मंसिर ६ सोमवार १९:१६
shares

अमेरिकाको विस्कन्सिन राज्यमा आइतबार क्रिसमस परेडमा एक सवारी साधनले ठक्कर दिदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएको प्रहरीले जनाएको छ ।
वाउकेशा प्रहरी विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा एक विज्ञप्तिमार्फत् उक्त घटनाम ५ जनाको मृत्यु भएको र ४० जना घाइते भएको पुष्टि गरेको छ ।
























