काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बडुवालको हत्यामा संलग्न थप एक आरोपी पक्राउ

7.14K
shares

कैलाली लम्कीचुहाका युवक भूपेन्द्र बडुवालको हत्यामा संलग्नको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–३ चिसापानीका १९ वर्षीय मदन शाहीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा धरानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

केही दिनअघि पक्राउ परेका शाहीलाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो । कात्तिक २३ गते राति टीकापुर नगरपालिका-१ सिद्धार्थ होटल नजिकै लम्कीका भूपेन्द्र बडुवालको हत्या भएको थियो । घटनापछि शाही भागेर सुनसरी पुगेका प्रहरीले जनाएको छ ।

दुई आपराधिक समूहको झगडामा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ । बडुवालको हत्या गरेको आरोप लगाउँदै परिवारले १६ जनाविरुद्ध इलाका प्रहरी कार्यालय टीकापुरमा किटानी जाहेरी दिएको छ ।