काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दमौलीमा नमुना भेटेरिनरी अस्पताल निर्माण हुँदै

16.19K
shares

सदरमुकाम दमौलीमा नमुना भेटेरिनरी अस्पताल निर्माण गर्न लागिएको छ । अस्पताल निर्माण पश्चात् तनहुँलगायत तीन जिल्लाका किसान प्रत्यक्ष लाभान्वित हुने भएका छन् । तनहुँ, लमजुङ र गोरखा जिल्लाका व्यावसायिक रुपमा पशुपालन गर्ने किसानलाई यसबाट प्रत्यक्ष फाइदा पुग्ने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । यसबाट पशुपन्छीको उपचारका लामो दूरी पार गरेर लागि काठमाडौं, पोखरा र चितवनजस्ता स्थान जानुपर्ने बाध्यतासमेत अन्त्य हुने भएको छ ।

भेटेरिनरी क्षेत्रमा आधुनिक सेवा प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा हाल पशुविज्ञ केन्द्र भएकै स्थानमा अस्पताल निर्माणकार्य अघि बढाइएको हो । १० करोड रूपैयाँको लागतमा निर्माण गर्न लागिएको नमुना अस्पताल जिल्लाकै नमुना हुने केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले बताए ।

उक्त रकममध्ये पहिलो चरणमा चार करोड ९० लाख रूपैयाँ रकम विनियोजन गरी क्रमिक रुपमा निर्माण कामअघि बढाइएको छ । भवन निर्माणको लागि इको बिल्डर्स प्रालि चितवनसँग ठेक्का सम्झौता गरिएको थियो । अस्पतालमा शल्यक्रिया, थेरापी, सघन उपचार कक्ष, युएसजी सेवा र दुई प्रयोगशालासहित  २३ वटा कोठा रहने बताइएको छ ।

नयाँ बन्ने भवन तीन तल्लाको हुनेछ । उक्त भवनमा तालिम तथा बैठक कक्ष र पुस्तकालयका अतिरिक्त कर्मचारी आवास कक्ष पनि बनाइने भएको छ । भौतिक संरचना पश्चात् आवश्यकपर्ने उपकरण र दक्षजनशक्तिको  व्यवस्था गर्न प्रदेश सरकार समक्ष अनुरोध गरिने उक्त कार्यालयले जनाएको छ । तनहुँ जिल्ला हाल मासु, दूध र अण्डामा आत्मनिर्भर हुनाका साथै बाह्य जिल्लामा समेत निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ ।