global ime bank Long Banner Ad

गृहपृष्ठ कालीगण्डकीमा स्नान गर्ने भक्तजनको घुइँचो

कालीगण्डकीमा स्नान गर्ने भक्तजनको घुइँचो

कालीगण्डकीमा स्नान गर्ने भक्तजनको घुइँचो

हरिबोधनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्न हजारौँको संख्यामा भक्तजनको भीड लागेको छ । मोदीखोला र कालीगण्डकी नदीको संगममा पर्ने पर्वतको मोदीवेणी धाम, जैमिनी घाट, विश्वकै ठूलो शालिग्राम शिला रहेको दक्षिण पर्वतको शालिग्रामस्थित सेतीवेणी, गोपाङघाट, पुर्तिघाट, जैमिनीघाटलगायतका स्थानमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ ।

स्नान गर्नका लागि पर्वतका साथै बागलुङ, स्यांजा, गुल्मी, पाल्पा र भैरहवा तथा भारतबाट समेत ठूलो संख्यामा श्रद्धालु झक्तजन आएका छन् । उक्त स्थानमा मेलासमेत लागेको छ ।कालीगण्डकीमा स्नान गरी भगवान् विष्णुको अवतार मानिने शालग्रामको पूजा गरेमा पुण्य प्राप्त हुने विश्वासमा झक्तजन निराहार व्रतबसी स्नान गर्ने चलन छ । हरिशयनी एकादशीदेखि चौमास व्रत बसेकाले पनि आज कालीगण्डकी नदीका विभिन्न स्थानमा तोरन टाँग्ने प्रचलन  छ । कालीगण्डकीमा तोरन टाँग्नका लागि विभिन्न जिल्लाबाट बाजागाजा र भजनकीर्तनसहित हजाराैं दर्शनार्थीको भीड लागेको मोदीवेणीधाम व्यवस्थापन समितिका सदस्य युवनाथ रेग्मीले जानकारी दिए ।

यसैबीच जिल्ला सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणी दिव्यधाममा आज विशेष मेला लागेको छ । दिव्यधाममा रहेका १०८ तुलसीको विवाह गर्ने कालीगण्डकीको जलाभिषेक गर्ने कार्यक्रम, कालीगण्डकीका तोरण टाँग्ने र चौमास व्रत बसेकाको व्रत समापन गर्न विभिन्न जिल्लाबाट भक्तजनको भीड लागेको मोदीवेणी धाम व्यवस्थापन समितिले जनाएको छ । 

प्रकाशित समय : १४:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु