global ime bank Long Banner Ad

गृहपृष्ठ मन्त्री रेग्मीद्वारा बाल सुधारगृह अवलोकन

मन्त्री रेग्मीद्वारा बाल सुधारगृह अवलोकन

मन्त्री रेग्मीद्वारा बाल सुधारगृह अवलोकन

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बाल सुधारगृह भक्तपुरको भान्सा सुधार गर्न निर्देशन दिएकी छन् । बाल सुधारगृह भक्तपुरको आइतबार अवलोकन गर्दै उनले बाल सुधारगृह व्यवस्थित तरिकाले सञ्चालन गरेकामा व्यवस्थापन समितिलाई धन्यवादसमेत दिइन्।

'खाना पकाउने  र खाने ठाउँ व्यवस्थित र सफा हुनुपर्छ,' उनले भनिन् । उनले बालबालिकालाई आधुनिक शैलीमा अध्यापन गराउन र पाठ्यक्रममा नैतिक शिक्षालाई बढी जोड दिन आग्रह गरिन् ।पारिवारिक वातावरणमा अध्यापन गराउँदा बाल बालबालिकालाई खुल्न सजिलो हुने मन्त्री रेग्मीको भनाइ थियो ।

प्रकाशित समय : १४:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु