global ime bank Long Banner Ad

गृहपृष्ठ एनएमबी बैंकद्वारा एआईमा आधारित भिकेवाईसी सञ्चालन

एनएमबी बैंकद्वारा एआईमा आधारित भिकेवाईसी सञ्चालन

एनएमबी बैंकद्वारा एआईमा आधारित भिकेवाईसी सञ्चालन

एनएमबी बैंकले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको छ । बैंकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यो सेवा सञ्चालनमा ल्याएको घोषणा गरेको हो ।

यो सेवामार्फत अब ग्राहकले एनएमबीमा भिडियो कलमार्फत अनलाइन नयाँ खाता खोल्न यस डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सक्दछन् । भिकेवाईसीको लागि डिजीटल लिंक http://5M https://vcc.nmb.com.np रहेको छ । एनएमबीले ग्राहकको लागि नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुवात गर्दैछ । 'ग्राहकले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधिभन्दा माथि उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ गतिविधिहरु सञ्चालन गर्न सक्दछन । हालको परिवेशमा पनि यस प्रकारको सेवाले ग्राहकको लागि घरमै बसी बैंकिङ कारोवार सहज बनाउनुको साथै सबै प्रकारको म्यानुअलकामलाईृ निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र कागजविहीन बैंकिङ प्रदान गर्दछ । जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङको सदस्यको नाताले वातावरणमैत्री बैंकिङप्रति प्रतिबद्धता परिपुर्ति गर्नु रहेको छ,' बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसैबीच बैंकले लोकप्रिय युवा अभिनेता तथा समाजसेवी पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । बैंकले पत्रकार सम्मेलमार्फत सो जानकारी गराएको हो । एनएमबी बैंक नेपालको अग्रणी वाणिज्य बैंक हो भने शाह टेलिभिजनको इडिटिङ, म्युजिक भिडियो हुंदै नेपाली सिनेमा जगतमा प्रशंसा प्राप्त गरिरहेको उदयीमान अभिनेतामध्ये एक हुन । एक प्रेस वक्तव्य जारी गर्दै बैंकले  शाहसँग द्वीपक्षीय समझदारी भएको जनाएको छ । शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास लिइएको छ । बैंकको ब्राण्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफुले उत्कृष्ट भुमिका प्रस्तुत गर्ने प्रतिबद्धता शाहले व्यक्त गरे  ।

त्यसै गरी शाहलाई एनएमबी बैंक परिवारमा ब्राण्ड एम्बेसडरको रुपमा अफिसियली स्वागत गर्न पाउँदा खुशी लागेको बैंकले जनाएको छ । बैंकले देशभरीका १८१ शाखाहरुका साथै १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गदै आइरहेको छ ।  

प्रकाशित समय : १३:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु