गृहपृष्ठ अर्थमन्त्री शर्मा र नाडा प्रतिनिधि मण्डलबीच भेट
अर्थमन्त्री शर्मा र नाडा प्रतिनिधि मण्डलबीच भेट
नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ८ सदस्यीय प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको नाडाले जनाएको छ । उक्त भेटघाटमा अध्यक्ष दुलालले सरकारले ल्याएको प्रतिस्थापन बजेटबाट अटोमोवाइल व्यवसायमा सकारात्मक प्रभाव पारेको बताए । जसको कारण सवारी साधनको आयातमा आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आर्थिक वर्ष २०७७/७८ मा सतप्रतिशत वृद्धि भएको र चालु आर्थिक वर्षमा अझ वृद्धि हुने जनाए ।
उनले सरकारले ल्याएका नीतिहरुको निरन्तरताका लागिसमेत आग्रह गरे । सो भेटघाट तथा छलफलमा अध्यक्ष दुलालले आउँदो मसिंर २२ गते काठमाडाैंमा सम्पन्न हुने नाडाको आउँदो ४५ औं वार्षिक साधारण सभाको प्रमुख अतिथिका लागि अनुरोधसमेत गरेको नाडाले जनाएको छ । उक्त छलफलमा उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेतीलगायत मोटरसाइकल समितिका सभापति अभिक ज्योति, कन्सट्रक्सन इक्यूपमेण्ट, वर्कशप टुल्स एण्ड ट्रयाक्टर समितिका सभापति मिलनबाबु मल्ल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति रहेको थियो ।
प्रकाशित समय : १३:४७ बजे



















