global ime bank Long Banner Ad

गृहपृष्ठ कम्युनिष्ट आन्दोलनलाई सशक्त गराउन लागेका हौं : मन्त्री खतिवडा

कम्युनिष्ट आन्दोलनलाई सशक्त गराउन लागेका हौं : मन्त्री खतिवडा

कम्युनिष्ट आन्दोलनलाई सशक्त गराउन लागेका हौं : मन्त्री खतिवडा

नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले नेपालको एकीकृत कम्युनिष्ट आन्दोलनलाई आफूहरूले पुर्नगठन गरेको दाबी गरेका छन् ।

मकवानपुरको फाखेल गाउँपालिकामा पार्टीको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूहरू टुटेको र फुटेको नभई एकीकृत कम्युनिष्ट आन्दोलनलाई अझ सशक्त गराउन युगको मागअनुसार पुर्नगठन गरिएको स्पष्ट पारे ।

मन्त्री खतिवडाले आफूहरू गफ गर्न नभई काम गर्न सरकारमा गएको बताउँदै भने, 'हामी गफका लागि सरकारमा गएका हौं, विगतको सरकारले गरेको विकृतिलाई हटाउँछौं, जुन काम सुरुसमेत भइसकेको छ ।' उनले प्रत्येक वडामा आधारभूत स्वास्थ्यचौकी, हरेक पालिकामा एउटा अस्पताल बनाउने र जनतालाई स्वास्थ्यमा सहजरूपमा पहुँच दिनेगरी सरकारले योजना बनाइरहेको जानकारी दिए । 

अघिल्लो सरकारले बजेट र जग्गाको सुनिश्चित नगरी हचुवाका आधारमा एकैदिन सबै पालिकामा अस्पताल शिलान्यास गरेर प्रचार मात्र गरेको बताउँदै वर्तमान सरकार व्यवस्थितरूपमा ती अधुरा कार्यलाई पूरा गराउन क्रियाशील रहेको मन्त्री खतिवडाले उल्लेख गरे । भेलाले कुन्साङ लामाको अध्यक्षतामा ६५ सदस्यीय नेकपा (एकीकृत समाजवादी)को गाउँपालिकास्तरीय कमिटी तथा विष्णु महर्जनको अध्यक्षतामा ५५ सदस्यीय युवा संघको पालिकास्तरीय कमिटी गठन गरेको छ । 

प्रकाशित समय : ०१:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु