सिरहामा डुबेर एकको मृत्यु
वि.सं.२०७८ कात्तिक २६ शुक्रवार १८:४४
shares

कर्जन्हा नगरपालिका-३ कमला खोलाको सिंचाईको फाटकमा बाँधेको पानीमा नुहाउने क्रममा डुबेर महोत्तरी बर्दिवास नगरपालिका-८ लपचन टोल बस्ने २४ वर्षीय राजेश बिकको बिहीबार दिउँसो मृत्यु भएको छ ।
नुहाउने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हा लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
























