काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सर्वोच्च परिसरबाट सुरक्षाकर्मी हटाउन अधिवक्ता कार्कीको आग्रह

5.56K
shares

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले गृहमन्त्री बालकृष्ण खाँणलाई फोन गरेर सर्वोच्च अदालत परिसरबाट सुरक्षाकर्मीहरु आधा घण्टाभित्र हटाउन आग्रह गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु आन्दोलनरत छन् । नेपाल बार एशोसिएसनको आह्वानमा कानुन व्यवसायीहरुले शुक्रबार सर्वोच्च अदालतको मूल गेटमा नै धर्ना दिएका छन् ।

धर्नाकारीहरुलाई रोक्न सर्वोच्च परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यसप्रति आपत्ति जनाउँदै वरिष्ठ अधिवक्ता कार्कीले धर्ना स्थलबाटै गृहमन्त्रीलाई फोन गरेका हन् ।