global ime bank Long Banner Ad

गृहपृष्ठ उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियाे छठपर्व

उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियाे छठपर्व

उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन गरियाे छठपर्व

आराध्यदेव सूर्यको उपासना गरी चार दिनसम्म मनाइने पर्व छठ बिहिबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै समापन भएको छ । छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा नदी, तलाउ र पोखरीका किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए ।

हिजो अस्ताउँदै गरेको सूर्य तथा छठी मातालाई अर्घ्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् । काठमाडौंको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा बागमती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा भक्तजनले पूजाआजा गरेका थिए । यस्तै जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा व्रतालुहरुको घुइँचो लागेको थियो ।

वीरगञ्जको घडीअर्वा पोखरीमा पनि छठको उत्तिकै रमझम रहेको छ । झापाको मेची नदी, विरीङ, मावा, रतुवा लगायतका नदी किनारमा पनि भक्तजन भेला भएर पूजा आराधना गरेका थिए । सप्तरीको कोशी व्यारेज, भारदह, छिन्नमस्ता, कञ्चनपुर सदरमुकाम राजविराज सहितका स्थानमा पनि उत्तिकै हर्साेल्लासका साथ छठपर्व मनाइएको छ । दुलहीझैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन भेला भएर पूजा आराधना गरेका छन् ।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ ।

प्रकाशित समय : १३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु