global ime bank Long Banner Ad

गृहपृष्ठ धनुषामा ‘एक विद्यार्थी एक रुख’ अभियान आजदेखि सुरु

धनुषामा ‘एक विद्यार्थी एक रुख’ अभियान आजदेखि सुरु

धनुषामा ‘एक विद्यार्थी एक रुख’ अभियान आजदेखि सुरु

जनकपुर । धनुषाको क्षेत्र नं. ३ मा आजदेखि ‘एक विद्यार्थी एक रुख’ अभियान सुरु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद मनिष झाको सचिवालयले उक्त अभियानको आजबाट सुरु गरेका छन् । पहिलो चरणमा आज ५ देखि ७ हजार बिरुवा धनुषा क्षेत्र नं. ३ मा रहेका विद्यार्थीहरुलाई दिईने रास्वा जनकपुरधामका नेता एव जितेन्द्र महासेठले जानकारी दिए ।

उनले विगतमा बोट विरुवा रोप्ने कार्य थुप्रै भएतापनि ती बोट विरुवाको संरक्षण हुन नसेकोले विद्यार्थीहरुलाई संरक्षणको जिम्मा दिने उद्देश्यले आजबाट यो अभियानको सुरुवात गरेको जानकारी दिए । नेता महासेठका अनुसार यसबाट वातावरण संरक्षण मात्र नभई विद्यार्थीहरुलाई आफ्नो जिम्मेवारी पनि बोध हुनेछ ।

धनुषा निर्वाचन क्षेत्र नं. ३ मा रहेका जम्मा २२ वटा सामुदायीक विद्यालयका विद्यार्थीहरुलाई आज विरुवा वितरण गर्ने कार्यक्रम रहेको नेता महासेठले जानकारी दिए । उनका अनुसार धनुषा क्षेत्र नं. ३ का प्रत्येक विद्यालयमा हरियाली प्रवद्र्धन गर्दै वातावरणमैत्री समाज निर्माण गर्ने उद्देश्यकका साथ यो अभियान सञ्चालन गरिएको होे ।

उक्त अभियाजनका निम्ति वन डिभिजन कार्यालयले निम, जामुन, तेज पत्ता लगायतका बोट विरुवाहरु उपलब्ध गराएको हो । अभियानको सुरुवात जनकपुरधामको एतिहासिक ज्ञानकुप विद्यायलका करीब १ हजार विद्यार्थीलाई विरुवा हस्तान्तरण गरेर गरिएको छ ।

प्रकाशित समय : १२:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु